नेकपाको बैठक भोलि पुनः बस्ने, अध्यक्ष ओली केमा व्यस्त ?

काठमाडौं, १२ असार

नेकपाको स्थायी समिति बैठक भोलि शनिबार ११ बजे पुनः बस्नेगरी सकिएको छ । शुक्रबारको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा छलफल केन्द्रीत रहेको थियो ।

सो विषयमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, पम्फा भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, भीम रावल, अष्ठलक्ष्मी शाक्यलगायत १८ जनाले धारणा राखेका थिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको प्रयास गरिएको भए पनि सकारात्मक नतिजा निस्कन नसकेको धारणा राखेका थिए ।

यस्तै उनले चीनले नेपालको भूमि मिचेको भन्दै खबरहरु आए पनि त्यसमा कुनै सत्यता नरहेको बैठकमा जानकारी गराएका थिए ।

अध्यक्ष ओली किन आएनन् ?
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए ।

औलीले अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button