• पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम विजयी

    पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने भएकी छन् । संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् । शाेभाले

    यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् । वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् । यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।

    नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।

    त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।

    गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्‍याएको हो ।

    सोमबार साँझ अन्तिम नतिजामा निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले हराउँदै शोभा निर्वाचित भएकी हुन् ।

    मतपरिणाम अनुसार दोस्रोमा अर्जुन पोखरेल, तेस्रोमा उत्तममान बुद्धाचार्य र चौथोमा बलराम आचार्य सीमित रहे । अध्यक्षका प्रत्यासीहरु गौतम र आचार्यले भने प्यानल नै बनाएर चुनाव लडेका थिए ।

    गौतमले ७५१ मत प्राप्त गर्दा पोखरेलले ६३७ मत ल्याए । बुद्धाचार्यको ६०१ र आचार्यको २५३ मत रहेको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । तीमध्ये उपाध्यक्ष (उद्योग) मा निर्वाचित थापा भने गौतम प्यानलका हुन् ।

    १० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए ।

    ४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताए।

    संघको कार्यकाल २ वर्षको हुनेछ ।

    यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।

     

  • पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

    पोखरामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखरा–बुद्धचोकमा दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

    पोखरामा आज ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ।

     ट्रकको ठक्करबाट मोटरसाइकल चालक दर्जीको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम क्षेत्रीय अस्पताल लगिएका दर्जीलाई चिकित्सकले दिउँसो २ः२२ बजे मृत घोषणा गरेका थिए ।

    दुर्घटनापछि केही समयसम्म मृतकको पहिचान खुल्न सकेको थिएन। पछि मृतकका दाजु नाता पर्ने हरि परियारले वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गरेपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले मृतक नवराज दर्जी भएको पुष्टि भएको बताउनुभयो। उहाँका अनुसार दर्जीको शव पश्चिम क्षेत्रीय अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न ना ५ ख ८२४४ नम्बरको ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी नायब निरीक्षक राजेश मल्ल ठकुरीको नेतृत्वमा ट्राफिक प्रहरीसहित नौ जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    Main with pic
    २०८३ बैशाख २६, शनिबार ०८:१८ गते

    भाषण तथा उद्घोषण तालिम शुभारम्भ

    भगवती सामुदायिक सिकाई केन्द्र आयोजित तीन दिने उद्घोषक तथा भाषण कला कार्यक्रम शुभारम्भ भएको छ।…
    देश
    २०८२ असार १८, बुधबार ०६:३४ गते

    मनसुनका एक महिनामा ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ/ गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।…
    गण्डकी
    २०८२ असार १३, शुक्रबार ०६:४८ गते

    गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

    पोखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर…
    देश
    २०८२ असार १२, बिहीबार ०६:२२ गते

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    सोलुखुम्बु/ पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल…
    खेलकुद
    २०८२ असार ७, शनिबार ०६:३० गते

    त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसंग पराजित

    काठमाडौँ/ त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ…
    देश
    २०८२ असार ६, शुक्रबार ०६:४५ गते

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा-रासस । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका…
      २०८१ फाल्गुन ६, मंगलवार ०६:४४ गते

      सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

      काठमाडौँ/ चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक…
      २०८१ आश्विन १३, आईतवार ०७:१५ गते

      उद्धार गर्दै नेपाल प्रहरी

      तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । तस्बिरः…
      २०८१ आश्विन १३, आईतवार ०६:५३ गते

      नागरिकको उद्धार गरिँदै

      नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ को सितापुर क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि उद्धार गरिँदै । यस क्षेत्रको सितापुर, नन्दपुर, भुताहा, धजाहलगायत…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button