डिमर्चा ब्याण्डको ‘नेता ज्यु नमस्कार’ सार्वजनिक

पोखराको स्थापित ब्याण्ड डिमर्चाको समयसापेक्षित गीत ‘नेता ज्यु नमस्कार’ सार्वजनिक भएको छ । गीतमा वर्तमान नेपाली राजनीतिक परिवेशलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियो हेर्दा सरकारको कामको आलोचना गरिएको भान हुन्छ । सरकारको नेतृत्वदायी भूमिकामा बसेका नेतालाई डिमर्चाको उक्त गीतले व्यङ्ग्य प्रहार गरिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै गीतको म्युजिक भिडियोमा पछिल्लो समय नेपालमा घटेका घटनाहरुको विषयलाई उठान गरिएको आभाष हुन्छ ।

गीतले हरेक नेपालीको पीडालाई बोलेको छ । ‘युवा विचार अनि नयाँ सोच अबको खाँचो रहेको बताउँदै डिमर्चा ब्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जुन सरकार आएपनि कानै चिरेको जस्तो भएको उल्लेख गरे । अब पालो युवालाई दिनुपर्छ, युवाबिना देशविकास असम्भव रहेको सन्देश गीतले प्रवाह गर्न खोजेको उनले बताए ।

बलात्कार घटना होस् या सिमा मिचिएको विषय, युवाशक्ति विदेश पलायन भएको विषया होस् या भ्रष्टचारले देश झन गरिब हुँदै गएको र नेताहरु कानमा तेल हालेर सुतेजस्तो अनुभुती भएको गीत मार्फत व्यग्यात्मक प्रहार गर्न खोजिएको श्रेष्ठले जानकारी गराए ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डिमर्चाले भोकल, सँगीत र डिजाइन गरेको छ । द मुग्लानको प्रस्तुतीमा रिलिज गरिएको भिडिओको सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । गीतबाट धेरै अपेक्षा राखिएको निर्माण टिम र डिमर्चा बताउँछन् । गीत केही समय अगाडी तयार भएको थियो । वर्तमान परिस्थितिसँग मेल खाने भएकाले अहिले सार्वजनिक गरिएको श्रेष्ठले बताए ।

वि.सं २०५२ सालमा पोखराकै पहिलो ¥याप ब्याण्डको रुपमा स्थापना भएको डिमर्चाले हालसम्म ६ दर्जन गीत बजारमा पस्केको छ । खैलाबेला भो, तारा खसौली, झ्याम्म झ्याम्म, डान्सिङ अन द रोड, यो डल्लीले , लव पर्यो पर्यो, जन्मायौ प्रभु, पानी घट्ट लगायतका गीत डिमर्चाको रुचाइएका गीत हुन् । डिमर्चा टिममा भाष्करध्वज श्रेष्ठ सँगै वेस्ट गीतरमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् । विश्वास गुरुङ, धुर्व सिके, बुद्धि थापा, जोनी तामाङ र अनिल गुरुङले समेत यो ब्याण्डमा रहेर काम गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button