कलंक

तपाईंको सन्तानले
अर्काको कोख रित्तो पार्‍यो,
संसार सखाप पार्यो;
त्यो कर्मले अर्का बाबुको छाती चिर्‍यो।
जन्म दिनु मात्र कहाँ पर्याप्त हुने रहेछ र,
अन्ततः संस्कार नै अमूल्य ठहर्‍यो।
कति पीडा भयो होला
आफ्नै सन्तान अपराधी ठहरिँदा!
एउटी आमाको काखमा आँसु र रित्तोपन,
अर्की आमाको घरमा लास र लाज।
मातृत्वमाथि परेको यो बज्रपात
आफ्नै सन्तानलाई अपराधको भागीदार देख्दा
कसरी सहन सक्ला र?
अपराधको भार
कानुनको सीमाभन्दा पार।
बचाउने सन्तानलाई,
तर हटाउने अपराध।
झुक्यो शिर,
बढ्दै गयो असह्य पीर।
आफ्नो सन्तान
हुर्काइ–बढाई,
आफ्नै आँखाको नानी।
तर आज
आफैँभित्र चिच्याहट र कराई।
संस्कार, आनीबानी,
मुटुका टुक्रा, आँखाका नानी
उडे सबै खरानी!
उसकै कर्मले चिनियो कुलङ्गार,
आत्मग्लानि
चुक्यो आफ्नै संस्कार।
र त्यसपछि…
भयो भताभुङ्ग सिङ्गो संसार।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button