पोखरामा होटल संचालक हेमबहादुर पुनको रहस्यमय मृत्यु,

पोखराको बागलुङ बसपार्कस्थित एक होटलको तीन तलाबाट हाम फालेर घाइते भएका म्याग्दीका ४० वर्षीय हेमबहादुर पुनको मृत्यु भएको छ।
प्रहरी स्रोतका अनुसार असोज २८ गते राति ९ बजेर ४० मिनेटमा पोखरा महानगरपालिका–२ स्थित म्याग्दी देवीस्थान होटलका सञ्चालक पुन म्याग्दी लिंगदेली होटलमा ग्राहक बनी पुगेका थिए ।
मादक पदार्थ सेवन गरेको अवस्थामा होटलको तीन तलाबाट हाम फालेका थिए।
घटनामा घाइते भएका उनलाई उपचारका लागि पोखरा–गैरापाटनस्थित फिस्टेल अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा राति १ बजेर ३० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक पुन म्याग्दीको मालिका गाउँपालिका निवासी हुन्। घटनाबारे थप विवरण खुल्न बाँकी छ।



