भाषण तथा उद्घोषण तालिम शुभारम्भ

भगवती सामुदायिक सिकाई केन्द्र आयोजित तीन दिने उद्घोषक तथा भाषण कला कार्यक्रम शुभारम्भ भएको छ।
कार्यक्रमको सभापति संस्थाको उपाध्यक्ष कुसुम लता सुवेदीको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको छ।
जसको प्रमुख अतिथि मादी गाउँपालिका वडा नं १२ का कार्यपालिका सदस्य लक्ष्मी गिरी रहेकी थिइन्।त्यसै अवसरमा प्रमुख अतिथि गिरीले उद्घोषण तालिमले महिलाहरूमा रहेको आत्मनिर्भरता बढाउनेमा विश्वास व्यक्त गरिन् ।

त्यस्तै अतिथिको रूपमा मादी गाउँपालिकाका पूर्व उपाध्यक्ष विष्णुमाया पौडेल त्यसै वडाका पूर्व वडा सदस्य इन्द्रबहादुर खत्री पोस्टका प्रमुख सहायक निरीक्षक रामबहादुर नेपाली लगायत रहेका थिए।
कार्यक्रम २५ गतेदेखि २७ गतेसम्म हुने संस्थाका अध्यक्ष महेन्द्र राज पौडेलले बताए।कार्यक्रमको सहजीकरण कास्कीखबरका सञ्चालक ऋषिराम दाहाल त्यसैगरी रेडियो गोर्खालीका स्टेसन म्यानेजर खेमा गुरुङले गर्नेछन्।सो कार्यक्रमको उद्घाटन सत्र त्यसै कार्यालयका कर्मचारी तुलसी आचार्यलेगरेका थिए। कार्यक्रममा १० वटा समूहका जम्मा ४० जना उपस्थित रहेको जानकारी गराइएको छ।






