• राष्ट्रिय सभाको १८ पदका लागि ४४ जना को उम्मेदवारी

    राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ ।

    निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने तालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुनेछ ।

    आयोगका अनुसार बुधबार १८ पदमा ४४ जनाले दिए उम्मेदवारी दिएका छन् ।निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट ३ सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरलाई समर्थन गरेको छ ।

  • एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलनको सन्दर्भमा पत्रकार सम्मेलन सम्पन्न

    राष्ट्रिय ज्ञानमाला संघ नेपाल, काठमाडौँद्वारा आयोजित एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलनभएको छ। पोखरा–३, नदीपुरस्थित धर्मशील बुद्ध विहारमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको उद्देश्य, कार्यक्रम र अपेक्षित उपलब्धिबारे जानकारी गराइएको थियो। नेपाललाई विश्वशान्तिको नायक भगवान बुद्धको जन्मभूमि भएको गौरवलाई उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको संघले जनाएको छ। सम्मेलनमा राष्ट्रिय ज्ञानमाला संघ नेपालका अध्यक्ष रमना श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विमल बहादुर शाक्य, महासचिव इन्द्रमणि शाक्य, कोषाध्यक्ष राजन भाइ शाक्य, व्यवस्थापन समिति तथा विभिन्न बौद्ध विहारका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय ज्ञानमाला संघ नेपालकी अध्यक्ष रमाना श्रेष्ठले भगवान बुद्धको उपदेशको अनुसरण गर्दै चित्त शुद्धिकरण र समाजमा शान्ति, सद्भाव तथा नैतिक मूल्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागेको बताउनुभएको छ। कार्यक्रममा वक्ताहरूले भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र धर्मप्रचारको ऐतिहासिक महत्वबारे चर्चा गर्दै बुद्ध शिक्षाले विश्व शान्ति, अहिंसा र मानव कल्याणमा पुर्याएको योगदानलाई स्मरण गरे।

    आजभन्दा करिब २५६८ वर्षअघि वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्म लिनुभएका सिद्धार्थ गौतमले राजसी जीवन त्याग गरी कठोर तपस्या पश्चात बोधिज्ञान प्राप्त गर्नुभएको र ४५ वर्षसम्म लोककल्याणकारी धर्मको प्रचार गर्नुभएको उल्लेख गरियो। कार्यक्रम पौष २६ गते देखि २८ गते सम्म रहने छ। संघका पदाधिकारीहरूले नेपाल भगवान बुद्धको जन्मभूमि भएको गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ज्ञानमाला सम्मेलन महत्वपूर्ण हुने बताए। सम्मेलनमार्फत बुद्ध शिक्षाको व्यावहारिक पक्ष, अहिंसा, करुणा र मानव कल्याणका सन्देशलाई समाजमा फैलाउने लक्ष्य रहेको उनीहरूको भनाइ थियो।

    सम्मेलनमा बुद्धका चार आर्य सत्य—दुःख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य—को सन्दर्भमा वर्तमान समाजमा देखिएका दुःख, अशान्ति र हिंसाको समाधान बुद्ध शिक्षामा निहित रहेको धारणा व्यक्त गरियो। सम्मेलनमा देशभरका ज्ञानमाला संघका प्रतिनिधि, बौद्ध विद्वान्, भिक्षु–भिक्षुणी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमले बौद्ध दर्शन र बुद्ध शिक्षालाई वर्तमान समाजसँग जोड्दै शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गर्ने अपेक्षा राखेको छ। भगवान बुद्धको दुर्लभ उत्पत्ति नेपालमै भएको तथ्य विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै लुम्बिनीको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार आवश्यक रहेको आयोजकले बताएको छ। सम्मेलनको अन्त्यमा आयोजक संस्थाले सम्मेलन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सहभागी तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेको

    देश
    २०८२ असार १८, बुधबार ०६:३४ गते

    मनसुनका एक महिनामा ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ/ गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।…
    गण्डकी
    २०८२ असार १३, शुक्रबार ०६:४८ गते

    गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

    पोखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर…
    देश
    २०८२ असार १२, बिहीबार ०६:२२ गते

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    सोलुखुम्बु/ पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल…
    खेलकुद
    २०८२ असार ७, शनिबार ०६:३० गते

    त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसंग पराजित

    काठमाडौँ/ त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ…
    देश
    २०८२ असार ६, शुक्रबार ०६:४५ गते

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा-रासस । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका…
    देश
    २०८२ असार ३, मंगलवार ०६:४८ गते

    आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

    दमौली/ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ…
      २०८१ फाल्गुन ६, मंगलवार ०६:४४ गते

      सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

      काठमाडौँ/ चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक…
      २०८१ आश्विन १३, आईतवार ०७:१५ गते

      उद्धार गर्दै नेपाल प्रहरी

      तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । तस्बिरः…
      २०८१ आश्विन १३, आईतवार ०६:५३ गते

      नागरिकको उद्धार गरिँदै

      नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ को सितापुर क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि उद्धार गरिँदै । यस क्षेत्रको सितापुर, नन्दपुर, भुताहा, धजाहलगायत…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button