भवन शिलान्यास कार्यक्रम सम्पन्न

पोखरामा एक कार्यक्रम बीच श्री झीगु नेवा छें खल को भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष श्री प्रेमप्रसाद कर्मचार्य ज्यूको
प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्मचार्य ले भवन निर्माणले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुग्नका साथै यो समुदायबीच रहेको
ऋतिरिवाज झल्काउन अझ लाभदायक हुने व्यक्त गरे।
कार्यक्रममा वडा नं ११ १२ १३ का स्थानीय हरू को उपस्थित रहेका थिए ।शुभकामना मतब्य संस्थाका तर्फबाट सल्लाहकार डम्बर बहादुर श्रेष्ठ र नेवा :ल्याहम पुच कास्कीका अध्यक्ष सहदेव जोजीजू ले राखेका थिए ।

स्वागत मन्तव्य एवं कार्यक्रमको बारेमा प्रकाश संस्था का वरिष्ठ उपाध्यक्ष तथा भवन निर्माण समितिका अध्यक्ष मायादेवी तझ्या ले राखेका थिए भने कार्यक्रमको सभापति संस्था का अध्यक्ष भीमकुमार श्रेष्ठले गरेको कार्यक्रममा
कार्यक्रम सञ्चालन त्यसै संस्थाका सचिव राजेश श्रेष्ठ तथा सहसचिव शंकरलाल श्रेष्ठले गरेका थिए।

Related Articles

Check Also
Close
Back to top button