गायक कृष्ण सुवेदीको ’पीर परेर आएको बेलामा ’ को चर्चा जता ततै

पोखरा चैत ५/ चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको ’पीर परेर आएको बेलामा ’ भन्ने गितको चर्चा जता ततै भएको छ ।
आफ्नै युट्युब च्यानल कृष्ण सुवेदी मार्फत सार्वजनिक गरिएको यो गीतमा सुवेदीकै सुमधुर आवाज रहेको छ भने हाल भाइरल बन्दै गइरहेकी गायिका रेखा पोख्रेलले उनलाई स्वरमा साथ दिएकी छन्।

गीतले प्रेम, पीडा, र विछोडको कथालाई प्रस्तुत गर्दै श्रोताको मन छुने प्रयास गरेको छ। लोकदोहोरी पारखीहरूका लागि उत्कृष्ट शब्द र भावनात्मक संगीत संयोजन रहेको यस गीतले छोटो समयमा नै राम्रो चर्चा बटुलिरहेको छ।

गायक कृष्ण सुवेदीको शब्द, रामजि पौडेल को संगीत तथा सुवेदि र पोख्रेल को स्वरमा रहेको ’पीर परेर आएको बेलामा ’ गीतको भिडियो लाई आकर्षक ढंगले छायांकन गरिएको छ, जसले गीतको भावलाई अझै प्रभावशाली बनाएको छ।सार्वजनिक भए लगत्तै गीतलाई दर्शक तथा स्रोताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतले राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस

 

Related Articles

Back to top button