रुपामा बस दुर्घटना, एकजना घाइते
![](https://kaskikhabar.com/wp-content/uploads/2024/05/ruap_bus_acci_t580eYUval-780x470.jpg)
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका वडा नम्बर ५ बेत्यानीमा दुर्घटना भएको छ । दुर्घटना एकजना यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको बस रुपा बुधबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा तनहुँ शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएका छन् । कास्की प्रहरीका सूचना अधिकारी मीनबहादुर खड्काले घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
दमौली–पोखरा सडक खण्ड निर्माण भइरहेकाले बस लमजुङ हुँदै पोखरा आउँदै थियो । प्रारम्भिक अनुसन्धानबाट बसको ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जनाइएको छ ।