तालचोकको सातताल दोहोरी साँझका सञ्चालक पक्राउ

कुटपिट गरी गम्भीर घाईत बनाएको आरोपमा एक जनालाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकले सोमबार पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं.२७ तालचोक स्थित रहेको सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका सञ्चालक सुनिल बस्नेत पक्राउ परेका हुन् ।

गत २२ गते रेष्टुरेन्टमा गएका तेज बहादुर गुरुङलाई बस्नेतले कुटपिट गरी गम्भीर घाईते बनाएको जाहेरीका आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट ज्यानमार्ने उद्योग मुद्धामा दिन ८ (आठ) को म्यादथप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button