पोखरा आदर्श सेकेन्डरी स्कुलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई एक दिवसीय जनचेतना तथा अन्तर्कृयात्मक कार्यक्रम बुधबार सम्पन्न भयो।उक्त कार्यक्रममा प्रशिक्षक श्री प्रतीक्षा मल्लले  किशोरीहरुको महिनावारी तथा रजस्वलाको समयमा आइपर्ने समस्या एवम् समाधानका उपायहरुको बारेमा बताइन् ।

समाजमा महिनावारी भएका ब्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणलाई चिरेर जानुपर्ने धारणा व्यक्त गरिन् । साथै सह प्रशिक्षक युनिका सापकोटाले विशेष गरी पहिलो पटक महिनावारी हुदा विशेष सतर्कता अपनाउनु पर्ने धारणा व्यक्त गरिन् ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी छात्राहरुको उपस्थिति रहेको थियो ।विद्यालयका प्राचार्य श्री फणिन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रमको संचालन विद्यालयका सह प्राचार्य श्री ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button