कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
![](https://kaskikhabar.com/wp-content/uploads/2024/05/hikmat-karki-pradesh-1-780x470.jpg)
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको सपथ ग्रहण गरेका छन् ।
बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको सपथ ग्रहण गरेका हुन् ।
कार्कीसँगै दुई जना मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।
उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।