पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवाकेन्द्रको प्रथम अधिवेशन सम्पन्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवा के्द्रको बार्षिक साधारण सभा तथा   प्रथम अधिवेशन सम्पन्न भएको छ।  अध्यक्ष  केन्द्र केसिको नेतृत्वमा १५ सदस्यीय   कार्य समिति सर्वसम्मत निर्वाचित  भएका छन्। वरिष्ठ उपाध्यक्षमा विजय मल्ल  उपाध्यक्षमा नेत्र  वहादुर विश्वकर्मा , सचिव जितु परियार , सह सचिव रन वहादुर हितान,कोषाध्यक्ष हरि प‍ोखरेल ,,सह कोषाध्यक्ष प्रेम घले,सदस्य क्रमस: अशोक गुरुङ,किसन विक,पुर्ण वहादुर वल,शालिक परियार,भरत भण्डारी ,रोसन गुरुङ,सुवास कुवर,मदन श्रेष्ठ  निर्विरोध निर्वाचित  भएका छन्।

यसैगरि सल्लाहकार डिल वहादुर नेपाली , सुरेस विक,राजेन्द्र पाठक ,शिव कुवर,ख्याम थापा चयन भएका छन्।पोख्रेल ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष तथा कार्यक्रमका  प्रमुख अतिथि शोभाकान्त पौडेको आतिथ्यतामा  गरिएको  कार्यक्रम  प्रमुख अतिथि पौडेल द्वारा वेनरमा हस्ताक्षर गरि उद्घाटन भएको थियो।कार्यक्रममा प्रमुख अतिथि  पौडेलले कार्यक्रम सफलताको शुभकामना दिनु हुदै जबसम्म हामिले बुझेर तालि मार्दैनौ तबसम्म हामी राज्यले बनाउने ऐन कानुन निति र नियमावलिको शिकार भइनै रहन्छौ। त्यसैले पहिला हामिले  यस्ताकुरा लाइ  बुझ्नु जरुरि छ भन्नू भयो। हाम्रा समस्या धेरै छन् हामि भित्र पनि र बाहिर पनि  समस्या छन् । तैपनि ती  कमि  कमजोरि लाई सुधार गर्दै एकतावद्द भएर अगाडि बढ्नु पर्ने वताउनु भयो ।  यातायात व्यवस्था ऐन २०७६ मै संशोधन गर्दा देखि नै २  हजार देखि  १० हजार सम्म जरिवानाको व्यवस्था   रहेको हामीले रातो प्लेट समेत चलाउन पाउने व्यवस्था रहेको तर्फ इङ्गित गर्दै हिजो हामिले वास्तै गरेनौ  हामी परिवर्तन हुन सकेनौ आज आएर समस्या देखियो  त्यसैले आज  आएर  विरोध गर्नुले कुनै अर्थ नरहने वताउदै मिटरमा टेक्सि चलाउन  पर्नेमा जोड दिनु भयो। त्यसका लागि सवारीको स्तर अनुसार भाडा लिन पाउने व्यवस्था सहित सवारि वर्गिकर्ण हुनुपर्ने   प्रमुख अतिथि पौडेलले वताउनु भयो।

कार्यकक्रममा अर्का बिशिष्ठ अतिथि  तथा   प्रालिका पुर्व अध्यक्ष तथा राष्ट्रिय यातायात व्यवशायि महासघ वर्गिय सयोजक प्रकासमणि तिवारिले एकातिर भाडा समायोजन नगर्ने अर्कोतिर टेक्सिले मिटर चलाएन भनेर  रातो प्लेटलाइ भाडामा चलाउन अनुमति दिने व्यवस्था गर्ने सरकारको नीति प्रति आक्रोस पोख्दै  यातायात व्यवस्था ऐन नियमावली संशोधन गर्ने र नियमावलि बनाउने नाममा  सरकारबाटै  आफुहरुलाइ झुक्क्याउने काम भएको वताउनु भयो।

एउटा सवारी लाइ पनि पञ्जिकरण गर्नु भनेको  स्वरोजगार यातायात व्यवशायि लाई छिन्न भिन्न पार्ने खेल भएको वताउदै सबैलाई एकतामा बाधिएर जान आग्रह गर्दै अधिवेसन सफलताको शुभकामना दिनु भयो।कार्यक्रममा बिषेश अतिथि  अन्तर्राष्ट्रिय सुरक्षा प्रमुख प्रनि केशव  थापाले कार्यक्रम सफलताको  शुभकामना दिनु हुदै आफुपनि यहि व्यवशायको आम्दानिले कलेज पढेको स्मरण गराउदै   कुनै पनि पेशा  व्यवशाय सानो नभएको जनाउदै थप उचाइमा पुर्यानु पर्नेमा जोड दिदै  स्वाभिमानि र मर्यादित बनाउदै लैजान आग्रह गर्नु भयो ।  सोही क्रममा बिशिस्ट अतिथि तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा तथा व्यवस्थापन  प्रमुख  इमानाथ अधिकारिले  शुभकामना दिनु हुदै अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालित ट्याक्सि स्तरिय हुनुपर्नेमा जोड दिदै चालकको पोशाक बोलि व्यवहारमा पनि उस्तै  रुपान्तरण गर्दै पर्यटक सग राम्रो व्यवहार गरि  फरक पहिचान बनाउन आग्रह  गर्नु भयो।

अधिवेसन सफलताको शुभकामना दिनेमा    राष्ट्रिय यातायात  व्यवशायि महासघ केस खड्क वहादुर विश्वकर्मा , पोख्रेल ट्याक्सि कम्पनि प्रालिका वरिष्ठ उपाध्यक्ष तथा दुर्घटना सयोजक सुर्य वहादुर थापा , यातायात मजदुर  सँघ  किरणबाबु पन्त, नेपाल यातायात स्वतन्त्र मजदुर सगठन गण्डकि अध्यक्ष बिष्णु वहादुर केसि ,अखिल नेपाल यातयात मजदुर सघ गण्डकी सचिव अर्जुन पौडेल ,  एकीकृत समाजवादि यातायात मजदुर सगठन केन्द्रीय  सदस्य तिलक विश्वकर्मा  बिष्णु थापा लगायतले   अधिवेशन सफलताको  शुभकामना सहित आ आफ्ना भनाइ राख्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बिशिष्ठ अतिथि बिशेष अतिथि लगायत अतिथि   ज्यु लाइ  सेवा केन्द्रका अध्यक्ष केन्द्र  केसिले मायाको चिनो प्रदान गर्नु भएको थियो।

 

ट्याक्सि सेवा केन्द्रका अध्यक्ष केन्द्र केसिको अध्यक्षतामा शुभारम्भ गरिएको कार्यक्रम टेक्सि सेवा केन्द्रका सचिव जितु परियारले सचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष चित्र वहादुर विकले दिनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button