पोखरामा विद्यालयस्तरीय क्रिकेट सुरु, हिमालयन र गण्डकीको विजयी सुरुवात

 

पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता
सुरु भएको छ ।
बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन
मावि र गण्डकी बोर्डिब स्कुलले विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर
माविमाथि सहज जित निकालेको हो ।
हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो ।
हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२
ओभर ५ बलमा ६२ रनमै समेटिएको हो ।
बालमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । अरु ब्याटरले
दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिबमा हिमालयनका सफल थापाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिब
गरेको सफलले १८ रन खर्चेर ६ विकेट लिए । नविन भण्डारीले २ विकेट लिए

यसअघि पहिला ब्याटिब रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५
विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए ।
सफल थापाले ३१ रन जोडे । बलिबमा बालमन्दिरका सुमन अधिकारी र सौगात
लामिछानेले २–२ विकेट लिए ।
दोस्रो खेलमा गण्डकी बोर्डिब स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई
९ विकेटले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छोरेपाटनले दिएको ३३ रनको
सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।

गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन
बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिब गरेको छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२
रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका
आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए ।
३ आभेर बलिब गरेका भण्डारीले ३ रन र पौडेलले १० रन खर्चिए ।
छोरेपाटनका उत्सव त्रिपाठीले सर्वाधिक १२ रन बनाए अन्य ब्याटरले
दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच रजत
पौडेल घोषित भए ।
फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता
जनाएका छन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट
किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी,
मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल,
उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५
सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास
गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button