मादी गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने

कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर यहि फागुन २७ गतेदेखि २९ गतेसम्म गण्डकी प्रदेश भरका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने गरी अन्तर पालिका अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशभरिका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । प्रतियोगितामा स्थानिय गाउँपालिकामा बसोबास गर्ने राष्ट्रिय, अन्र्तराष्ट्रिय सबै खेलाडी समावेश गरेर सहभागिता जनाउनसक्ने उनले बताए ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख, उपबिजेताले २ लाख, तृतीय हुनेले १ लाख र चौथो हुनेले सान्त्वना स्वरुप नगद ५० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, बेष्ट स्पाइक, डिफेन्स, लिबेरोलगायतका विधामा उत्कृष्ट हुनेलाईपनि नदगसहित पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए ।

स्थापना दिवसको अवसरमा फागुन २७ गते झाँकीसहितको प्रदर्शनी गरिने गाउँपालिकाले जनाएको छ । सो अवसरमा स्थानिय कलाकारहरुको स्वागत गीत, स्वागत नृत्य, जनप्रतिनिधिहरुको स्वागत नृत्यलगायतका कार्यत्र mमहरु रहेको उनले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरु मध्येको सबैभन्दा बृद्धबृद्धा एक÷एक जनालाई ग्राम पिता र ग्राम माताको उपाधिसहित सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगितापनि गरिने उनले बताए । शिक्षकलाई समयअनुकुल अपडेट भइराख्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वयम्सेविका, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट टोल सुधार समिति, उत्कृष्ट सहकारीलगायत घोषणा गरी पुरस्कृत गर्ने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button