दर्शन सहकारी १४ औं वर्षमा प्रवेश गर्दा अमोर बालगृह सेवागुहमा सहयोग

दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १४ औं स्थापना दिवस सोमबार अमोर बालगृह सेवा कटुजे स्वारा, फेदीखोलामा सहयोग हस्तान्तरण कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा दर्शन सहकारीको सस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार खिम बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो ।

दर्शन सहकारीका अध्यक्ष राजाराम शाहि ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा संस्था निवर्तमान अध्यक्ष बिष्णुकुमारी उच्चै, सल्लाहकार गया शाही ठकुरी, प्रबन्धक फम सिह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योती हमालले सञ्चालन गर्नुभएको थियो ।

sdr

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button