पोखरा कप विद्यालयस्तरीय क्रिकेट बुधबारदेखि

पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बि–बग इभेन्टले आयोजना गरेको प्रतियोगिताको खेल बुधबारदेखि पोखरा रंगशालाको त्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा हिमालयन बोर्डिब स्कुल र बालमन्दिर स्कुलले
प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले बताए ।

पहिलो खेल विहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा गण्डकी बोर्डिब स्कुलसँग छोरेपाटन माविले दिउँसो १ बजे खेल्नेछ । फागुन १६ गतेसम्म जारी रहने प्रतियोगितामा १२ विद्यालय सहभागी छन् । विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता
आयोजना गरेको ढुंगानाले बताए ।

यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् । १२ विद्यालयलाई ४ समुहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी,
मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए ।

उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button