पोखराका अग्रज फोटो पत्रकार गुरुङलाई मातृशोक

पोखराका अग्रज फोटो पत्रकार राम गुरुङलाई मातृशोक परेको छ । उनकी ७७ वर्षीया ममतामयी माता शान्तिदेवी गुरुङको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि मृगौला रोगबाट पीडित उनको हरियोखर्क अस्पतालमा उपचारका क्रममा बिहान साढे ४ बजे निधन भएको परिवारजनले जनाएको छ ।

पोखरा–१२, माटेपानी निवासी गुरुङका श्रीमान, दुई छोराबुहारी, एक छोरी, चार नाति, दुई नातिनी र एक पनाति छन् । जेठा छोरा राम गुरुङ हुन् । उनी नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन् ।

स्वर्गीय शान्तिदेवीको मंगलबार नै पोखरा–१०, शान्तिघाटस्थित बौद्ध अर्घौं सदनमा गरिने तयारी छ ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ गण्डकीका सदस्य उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पनि सदस्य हुन् । उनी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष हुन् ।

पत्रकार गुरुङलाई मातृशोक परेकोमा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले शोकविज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल कास्की अध्यक्ष मोतीसागर अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका तर्फबाट अध्यक्ष मानबहादुर घर्ती मगर र नेपाल फोटो पत्रकार संघ कास्कीका तर्फबाट सचिव धनबहादुर गुरुङले विज्ञप्ति जारी गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति अध्यक्ष रमेश पौडेलले दुःख व्यक्त गरेका छन् भने पत्रकार महासंघ कास्कीले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ ।

दशैँको मुखमा गुरुङ परिवारमा एक्कासि परेको शोकप्रति उनका शुभचिन्तकले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Back to top button