डुलुवाको अध्यक्षमा योगेश भट्टराई निवाचित

डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन् ।

गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्ष सुनिल बहादुर भट्टराई, सचिबमा ठाकुर प्रसाद बराल, कोषाध्यक्षमा विकास भट्टराई, सदस्यमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापा चयन भएका छन् ।

अधिबेसनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी, पहिचान र प्रवर्द्धन गर्दै आएको बताए ।

उनले नयाँ गन्तव्यलाई समुदायसँग जोड्दै प्रवर्द्धन गर्ने डुलुवाको अभियानले नेपालको पर्यटन विकासमा सकारात्मक योगदान पुर्‍याउएको बताए । कार्यक्रममा उपाध्यक्ष सुनील बहादुर भट्टराईले स्वागत, सचिव ठाकुर प्रसाद बरालले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास भट्टराईले आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

संस्थाका अग्रज सदस्य भरत प्रसाद तिमिल्सिनाले संस्थासँगको अनुभव तथा यात्राबारे मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष योगेश भट्टराईले संस्थाका गतिविधिमा साथ, सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नयाँ गन्तव्यको खोजी, प्रवर्द्धनमा निरन्तरता दिने बताए ।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button