युनाईटेड क्लब पोखराद्वारा विभिन्न उपसमिति गठन

युनाईटेड क्लब पोखराको नव निर्वाचित अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको पहिलो बैठकले विभिन्न उपसमिति र सल्लाहकार चयन गरेको छ । बैठकले क्लबको भौतिक निर्माण उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लोक बहादुर थापालाई चयन गरेको छ । त्यस्तै, संस्थापक अध्यक्ष हिमालय बख्रेललाई छात्रावास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी पूर्व अध्यक्ष सुक बहादुर गुरुङ खेलकुद उपसमिति, पूर्व अध्यक्ष राजु श्रेष्ठ पर्यटन प्रवद्र्धन उपसमिति, वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापा शिक्षा उपसमिति र प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ विपद् व्यवस्थापन उपसमितिको संयोजकमा चयन भएका छन । यसैगरी, द्वितीय उपाध्यक्ष दिनेश सुनार स्वास्थ्य उपसमिति, सहकोषाध्यक्ष शिव थापा युवा परिचालन उपसमिति र कार्यसमिति सदस्य शान्ति सुवेदी महिला उपसमितिको संयोजकमा चयन भएका छन ।
त्यसैगरी क्लबको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष राजु श्रेष्ठ, रमेश बहादुर कार्की, शुशीलराज पराजुली, लिलाधर अधिकारी र माधव घिमिरेलाई चयन गरिएको छ ।
बैठकले क्लबका विभिन्न गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन उपसमिति गठन र सल्लाहकार चयन गरेको क्लबका महासचिव सन्तोष कार्कीले जानकारी दिए । त्यसैगरी पोखरा महोत्सवलाई निरन्तरता दिने र संस्कृतिको जगेर्ना तथा विपद व्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो २०८३ को आयोजना गर्ने निर्णय समेत गरेको छ ।
क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले युनाइटेड क्लवको १७ औं साधारण सभा तथा ८ औं अधिवेशनमा निर्वाचन मण्डलमा रहेर साथ दिने निर्वाचन संयोजक पूर्व अध्यक्ष राजु श्रेष्ठ, सदस्यहरु पूर्व अध्यक्षहरु लालकाजी गुरुङ र सुक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, क्लबका सल्लाहकार, क्लबका परिकल्पनाकार, कार्यसमिति सदस्यहरु, आजीवन सदस्य, साधारण सदस्य, र शुभचिन्तकहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । उक्त बैठकमा क्लबका बरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।

Related Articles

Leave a Reply

Back to top button