पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको ७२ जना सहसचिवको सरुवामा लोकसेवा आयोग, जलेश्वरमा कार्यरत मुक्तिराम अर्याललाई पोखराको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको हो ।

गुल्मीका मुक्तिराम २०८१ मा सहसचिवमा उत्तीर्ण भएका हुन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले असार ३ गते अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । पौडेलको अवकाशसँगै महानगरका महत्वपूर्ण काम प्रभावित हुन सक्ने चासो बढिरहेका बेला सरकारले नयाँ अधिकृत तोकेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ जना सहसचिवको सरुवा गरेको हो । सोही निर्णयअनुसार अर्यालले पोखरा महानगरपालिकाको जिम्मेवारी पाएका हुन् ।

Related Articles

Back to top button