राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार

पोखरा ।

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।

संघको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक निर्वाचित भए ।

यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । सात जना केन्द्रिय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधि चयन गरिएको छ । सघंको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचालले दलितको मुद्धा दलितले मात्रै नभइ अन्य जातजातीले समेत उठाउन आवश्यक रहे पनि त्यसका लागि अहिले दलितनै लड्नु पर्ने बताइन् । नव निर्वाचित अध्यक्ष सुरेश सुनारले दलित पत्रकारको काँधमा दुई कुरा दलित अधिकार र पत्रकारहरुको बारेमा अघि बढ्नुपर्ने स्थिति आइपरेको सुनाए । उनले अबका दिनमा संस्थालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारि केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपाली लगायतले बोलेका थिए ।

Related Articles

Check Also
Close
Back to top button