खास्टे ताल टाेल विकास संस्थामा स्वास्थ्य शिविर सम्पन्न
खास्टे ताल टाेल विकास संस्थामा स्वास्थ्य शिविर सम्पन्न भएको छ।लेखनान सिटि अस्पतालकाे सहयाेगमा ५०जना भन्दा बढिले स्वास्थ्य शिविरमा भाग लिएकाे खास्टे ताल टाेल विकास समितिका सचिव ऋषिराम दाहालले जानकारी दिए ।
त्यस अवसरमा संस्थालाई २जाेर खैजरी र १जाेर मुजुरा संस्थाका निवर्तमानअध्यक्ष भरत राज तिमिल्सिना र खगनाथ लामिछाने काे सहयाेगमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष बुद्धिमाेहन अधिकारीले कास्की खबर लाई बताए ।
अधिकारीका अनुसार लेखनाथ सिटी अस्पताल र खास्टे ताल टाेल विकास संस्था बिच एक अस्पतालमा अाैषधी,ल्याब परिक्षण,एक्सरे परिक्षण ,जनरल बेडमा छुट ,क्याविन तथा पाेस्ट अपमा छुट लगायतमा सम्झौता भएको बताए ।