दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा

पोखरा/

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीका अनुसार प्रतियोगितामा पुरुषतर्फ २० तथा महिलातर्फ १२ टिमले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिताको पुर्वाद्र्धमा बाराही घाटमा स्वागत गेट तथा विभिन्न स्थानमा पोल व्यानर टाँगिएको छ । महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने छ ।

फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणीराज लामिछानेले जनाउनुभएको छ ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

 

Related Articles

Back to top button