पोखराको फेवाताल स्थित रेस्क्यु वाच टावरमा विन्ड सेन्सर डिभाइस जडान

पोखरा । पोखराको फेवातालस्थित सशस्त्र प्रहरी बल (एपीएफ) रेस्क्यु वाच टावरमा विन्ड सेन्सर डिभाइस जडान गरिएको छ। ईसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) सँगको सहकार्यमा आज शुक्रबार जडान गरिएको यो उपकरणले फेवाताल वरपरको हावापानीको गतिविधिको सूचना तीन घण्टा अगाडि नै उपलब्ध गराउनेछ।

सशस्त्र प्रहरी बल कालिका गण कास्की पोखराका गणपति एसपी अरुणकुमार शर्माका अनुसार, यस उपकरणको प्रयोगबाट सराङकोटतर्फबाट आउने हावाहुरीका कारण फेवातालमा हुनसक्ने संभावित दुर्घटनालाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिनेछ।

डिभाइस पूणरूपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने बताइएको छ। गणपति शर्माका अनुसार, यस उपकरणले सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य क्षमतामा सुधार गर्दै सूचना प्रवाहको दृष्टिकोणबाट कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

यो डिभाइस सञ्चालनमा आएपछि फेवातालमा यात्रा गर्ने पर्यटक र स्थानीयको सुरक्षामा थप सुधार हुने र आपतकालीन अवस्थाको पूर्वतयारीमा सहजता हुने अपेक्षा गरिएको छ।

Related Articles

Check Also
Close
Back to top button