नौडाँडामा ब्याक गरिएको ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका बृद्धको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ नौडाँडामा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ ।

आज दिउँसो १ः५० बजे नौडाँडामा ग १ क २६२५ नं. को ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदल यात्री स्थानीय ७० वर्षीय दुर्गा प्रसाद दाहाललाई ठक्कर दिन पुगेको कास्की प्रहरीले जनाएको छ ।

दाहाल गम्भीर घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएकोमा २ः५० बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त स्थानमा प्र.चौ.नौडाँडा तथा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गा.पा. २ बस्ने वर्ष ३५ को लेख बहादुर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button