पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरामा एमबिबिएसको पढाई हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरामा चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस) को पढाइ हुने भएको छ ।

सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमा प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर्न बजेटको व्यवस्था समेत गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र संकायको स्नातक तह (एमबिबिएस) को कक्षा सुरु गर्ने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको सिनेटको बैठकले एमबिबिएस पढाइका लागि आवश्यक प्रक्रिया स्वरुप संगठनात्मक ढाँचा (ओएनएम) पारित गरेको छ ।

प्रतिष्ठानमा एमबिबिएस पढाउन आवश्यक प्राध्यापक भर्ना गर्न पनि सिनेट बैठकले बाटो खुला गरेको छ । एमबिबिएस पढाइ सञ्चालन गर्न आवश्यक विद्यार्थी भर्नाका लागि भने चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण गर्ने प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्ष ५० जना विद्यार्थी एमबिबिएसका लागि लिने तयारी छ । प्रतिष्ठानमा यसअघि नै स्नातकोत्तर तह (एमडी) को पढाइ चलिरहेको छ । पोखरामा यस आगडी मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजले एमबिबिएसको पढाइ गर्दै आएका छन् ।

|lti7gsf] ;ftf}+ ;efdf प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिनुभयो ।

“चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।”

भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button