छठपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे ९ बजे नै बन्द हुने

काठमाडौँ ।

छठपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे ९ बजेबाटै बन्द हुने भएको छ।

त्रिभुवन विमानस्थल ट्याक्सी वे लगायतका पूर्वाधार विस्तारका लागि कात्तिक २३ देखि १० घण्टा बढी बन्द हुनलागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्मको उडान तालिका सार्वजनिक गर्दै बेलुकी साढे ९ बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने उल्लेख गरेको छ।

‘पहिलाको सूचनाअनुसार उडान कटौती भएका छन्। नयाँ तालिका जारी गरिसकेका छौँ’, नागरिक उड्डयन प्राधिकरणका डेप्युटी म्यानेजर ज्ञानेन्द्र भुलले भने, ‘नोभेम्बर ८ पछि नयाँ तालिकाअनुसार उडान हुन्छ।’

बिहान ८ः०५ मै हिमालय एयरलाइन्सको पहिलो जहाज अवतरण गर्ने तालिका छ। राति ९ः३५ मा नेपाल एयरलाइन्सको अन्तिम उडान गरेसँगै विमानस्थल बन्द रहनेछ।

उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलबाट ३० प्रतिशत उडान कटौती गरेको जनाएको छ।

Related Articles

Back to top button