पोखरा शिशुवामा रहेको चक्रदेवी सहकारी तोडफोड, ९ जना पक्राउ

पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्था लि. तोडफोड भएको छ ।

युवाहरूको समूह कार्यालयमै प्रवेश गरी तोडफोड  गरेर कर्मचारीलाईसमेत हातपात गरेको प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाईंको समर्थक भन्दै ती समूह सहकारी प्रवेश गरेको बुझिन्छ । सहकारी तोडफोड तथा कर्मचारी माथि गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा-२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन बिक, २७ वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी, पोखरा २७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका बर्ष ४२ की बिष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button