स्याङ्जा समाज युकेको वार्षिक भेटघाट

स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा सम्मर बीबीबीक्यू आउँदो १ जूनमा हुने भएको छ । सदाझैं विभिन्न कार्यक्रमसहित समाजको भेटघाट तथा सम्मर बीबीबीक्यू हुन लागेको अध्यक्ष भरत गुरुङले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम फानबोरोस्थित बलान्टिनी रोडमा हुने छ । कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि राति १० बजेसम्म हुने सूचनामा उल्लेख छ । अध्यक्ष गुरुङले सम्पूर्ण बेलायतवासी स्याङ्जाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरेका छन् । यस पटकको कार्यक्रम संयोजक जिम्मा रुपा गुरुङले लिएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button