पोखराको प्राइम सहकारीका पीडितसँग प्रहरीले माग्यो उजुरी

पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले बचतकर्तालाई सूचना जारी गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको हो । सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्रलगायतको परिचय खुल्ने प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो ।

बचतकर्ताको बचत हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिष्टारको कार्यालय, गण्डकीले मंगलबारमात्रै प्रहरीलाई पत्र पठाएको थियो । पत्र आउनेबित्तिकै आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

‘हामीलाई भर्खर पत्र प्राप्त भएको छ । कति रकम हिनामिना, कतिजना संलग्न भन्ने केही खुलेको छैन’, प्रहरी नायब उपरीक्षक शर्माले भने, ‘बचतकर्तालाई उजुरीका लागि सूचना जारी गरेका छौं । त्यसपछि विस्तारै खुल्दै जाला !’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button