खास्टे ताल टाेल विकास संस्थाकाे क्यालेन्डर बिमाेचन

खास्टे ताल टोल विकास संस्थाले २०८१को अवसर पारेर शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन सम्पन्न भएको छ। प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक नारायण प्रसाद अधिकारीले संस्थालाई कसरी अगाडि बढाउने भन्ने बारे प्रस्ट पारे ।

संस्थाका कानुनी सल्लाहकार हेमराज बरालले संस्थाले यस्तो कार्यक्रम गर्दा खुसि रहेको बताए ।
संस्थाका सल्लाहकार बुद्धि सागर भण्डारीले संस्थाले गरेको कामले खुसि रहेको बताउदै आगामि दिनमा पनि यसरी नै चल्नु पर्ने धारणा राखे ।

त्यस अबसरमा समाजसेवी ईश्वर राज भण्डारी ,संस्थाका संस्थापक अध्यक्ष गोमा लामिछाने निवर्तमान अध्यक्ष भरत राज तिमिल्सिना ,जनजागृती महिला समुहका अध्यक्ष बिष्णु मया बस्ताकोटी स्वर्णिम महिला समुहका अध्यक्ष निर्मला पौडेल अधिकारी लगायतले शुभकामना ब्यत्त गरेका थिए।

कार्यक्रमको अध्यता संस्थाका अध्यक्ष बुद्धिमोहन अधिकारी ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष चुडामणिा लामिछानेले गरेको कार्यक्रम संचालन सचिव ऋषिराम दाहालले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button