लोक दोहोरी प्रतिष्ठानको भित्तेपात्रो विमोचन

लोक तथा दोहोरी क्षेत्रका विकृति र विसंगतिलाई रोक्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सदस्यता शुद्धिकरण र सुदृढिकरणमा लाग्ने भएको छ । लोक दोहोरी क्षेत्रको कुनै एक विधामा नभएको व्यक्तिले अबदेखि सदस्यता नपाउने प्रतिष्ठान नेपालका प्रशासनिक सचिव शंकरबिरही गुरुङले जानकारी दिए । प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले शुक्रबार आयोजना गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रममा सचिव गुरुङले मानार्थ, आजीवन, साधारण सदस्यता सबैको लागि सधै खुल्ला भएपनि सदस्यता शुद्धिकरण अभियान चलाएको बताए ।

‘प्रतिष्ठान सदस्यता शुद्धिकरणमा कठोरता पूर्वक लागेको छ,’ उनले भने, ‘लोक दोहोरीको कुनै एक विधामा काम नगरेको व्यक्ति प्रतिष्ठानको सदस्य बन्न सक्दैन ।’ उनले प्रतिष्ठानको विधानले गायक गायिका, संकलक, सर्जक, बाद्यबाधक, नृत्यकार, गीतकार, संगीतकार अभिनय वा लोक दोहोरी संगीतसँग आवद्ध भई साँस्कृतिक विधामा योगदान पुर्‍याएको व्यक्ति सदस्य बन्न पाउने व्यवस्था गरेको जनाए । उनले प्रतिष्ठानले नयाँ सदस्यता वितरणका कडाई गर्ने उल्लेख गरे । उनले प्रतिष्ठानले सबै काम प्रविधिमैत्री ढंगले गर्न लागेको योजना सुनाए । प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानले विषय विज्ञको राय सुझाव लिएर अभिलेखिकरणको कामलाई व्यवस्थित गर्न लागेको जानकारी दिए । सबैको दुख सुखमा साथ दिएको कारण समाजका प्रतिष्ठित व्यक्तिले लोक दोहोरी क्षेत्रका कलाकारलाई पत्याएको उनले उल्लेख गरे । उनले शब्दको भण्ढारण गर्दै स्वर अभ्यास गरे गायन क्षेत्रमा निखारता ल्याउन सकिने बताए । उनले साधनामा निरन्तर लागे मात्र कलाकारले सफलता पाउने जनाए ।

प्रतिष्ठान नेपालका महासचिव शिव हमालले पोखरा लोक दोहोरी क्षेत्रको धेरै सम्भावना भएको क्षेत्र भएकोले इमान्दारीका साथ लाग्न सबैलाई आग्रह गरे । उनले सबै क्षेत्रको भाऊ बढेको अवस्थामा मेला महोत्सवमा कलाकारले उचित पारिश्रमिक नपाएको गुनासो गरे ।

उनले खेतलामा चलेको मेला महोत्सवबाट कलाकारिता क्षेत्रको प्रवद्र्धन नहुने तर्क गरे । उनले बौद्धिक सम्पत्तीको मालिक कलाकार अरुले महखाने मौरी जस्तै भएको बताए ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार शान्ति गुरुङ, कलाकारले अनुशासित र मर्यादित भएर नयाँ शैली पस्कन सक्न पर्ने चर्चा गरिन् ।

कार्यक्रममा प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजाल, प्रतिष्ठान नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रतिष्ठान नेपाल कास्कीका प्रमुख सल्लाहकार सोमनाथ बास्तोला, संरक्षक यमबहादुर गुरुङ, प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षेत्री, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्वितीय उपाध्यक्ष दिपक अधिकारी, कार्यवहाक सचिव सुनिल गायक लगायतले लोक तथा दोहोरी क्षेत्रका कलाकारको समस्याको बारेमा बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button