खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त,आजै सपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

आज नै प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेस गरेका थिए । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

यसमा सभामुखको समेत संख्या गनिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्‍याएर दावी पेस गरिएको अधिकारीले बताए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत २१ गते राजीनामा दिएपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ । चैत २७ गते ३ बजेभित्र दाबी पेस गरिसक्नुपर्ने थियो ।

यसैबीच, मुख्यमन्त्रीको सपथ पनि आज नै गराइने तयारी रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button