नया बर्ष २०८१ क्यालेन्डर लोकार्पण

पोखरेल ट्याक्सि सेवा प्रा लि  अन्तरगत रहेको  अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्रले  बैशाख १ गते देखि दृृष्टि विहिन हरुलाइ पोखरा महानगर पालिका भित्र निशुल्क टेक्सि  सेवा दिने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  टेक्सि सेवा केन्द्रले आयोजना गरेको आयोजित  नया बर्ष २०८१ क्यालेन्डर लोकार्पण तथा नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै पोखरेलि  टेक्सि सेवा प्रालि अध्यक्ष तथा  प्रमुख अतिथि   शोभाकान्त पौडेलले नया बर्ष ८१ को शुभकामना दिनु हुदै सोही कुरा वताउनु भएको हो।।प्रमुख अतिथि  पौडेलले   पोखरा महानगर पालिका भित्र  कोहिपनि दृष्टिविहिन  लाइ  एक ठाउ बाट अर्को ठाउमा जानका लागि समस्या परेमा  वा सडकमा अलपत्र देखेमा निशुल्क  टेक्सि सेवा प्रदान गर्न  अन्तराष्ट्रिय विमानस्थल टेक्सि सेवा केन्द्र लाई  निर्देसन  दिदै सेवा प्रदान गरेपछि प्रालि लाइ जानकारि गराउन समेतआग्रह गर्नु भयो ।पेशाप्रति जिम्वेवार  बन्दै  यात्रु प्रती इमानदारीता देखाउदै पेशालाइ मर्यादित बनाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै पर्यटकिय राजधानी पोखरामा सञ्चालित टेक्सिको अलग पहिचान बनाउन पनि आग्रह गर्नु भयो।कार्यक्रममा पुर्व अध्यक्ष तथा विशिष्ट अतिथि  प्रकासमणि तिवारिले नयाबर्षको शुभकामना दिनु हुदै पेशालाइ  मर्यादित बनाउने नबनाउने अब व्यवशायिकै हातमा रहेको वताउदै पहिला व्यवशायी नै जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो।

विशिष्ठ अतिथि तथा प्रालिका वरिष्ठ उपाध्यक्ष तथा दुर्घटना सयोजक सुर्य वहादुर थापाले  नया बर्षको शुभकामना दिदै यदि कहि कतै कुनै दुर्घटना भएमा वा समस्या परेमा समयमै खवर गर्न अनुरोध गर्दै आयोजक सेवा प्रलिले गरेका सामाजिक कार्य र सेवा लाई मर्यादित बनाउदै गएको प्रति खुसि व्यक्त गर्दै मुक्तकण्ठले  प्रशंसा गर्नु भयो।

कार्यक्रममा बिशिस्ट अतिथि तथा अतिथि  ड्रिम सिटि सञ्चालक श्याम बजगाइ ,इभि प्रोप्राइटर गोपाल वराल सिजि मोटर अर्पण गौतम सुनिल सर्मा नेपाल यातायात स्वतन्त्र मजदुर सगठन गण्डकि पणरदेस अध्यक्ष बिष्णु खत्रि ,अखिल नेपाल यातायात मजदुर सघ गण्डकि बरिष्ठ उपाध्यक्ष भोजराज आचार्य,एकीकृत यातायात मजदुर सगठन केन्द्रिय सदस्य हरिराम धिताल ,गण्डकी प्रदेस अध्यक्ष तिल वहादुर विश्वकर्मा ,लगायतले बोल्नु भएको थियो। प्रमुख अतिथि पौडेल बाट  क्यालेण्डर लोकार्पण सहित मायाको चिनो  प्रदान गरिनुका साथै ब्यवशायिका छोरा छोरि बाट नृत्य तथा गायन  प्रस्तुत गरिएको थियो। सेवाकेन्द्रका प्रमुख  केन्द्र वहादुर  केसिको  अध्यक्षतामा गरिएको लोकार्पण तथा शुभकामना  आदानप्रदान कार्यक्रम सेवा केन्द्रका सचिव जितु परियारले सञ्चालन गर्नु भएको थियो।स्वागत मन्तब्य सेवा केन्द्र उप प्रमुख नेत्र वहादुर विश्वकर्माले दिनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button