‘सूर्यतारा नेकोस खेल महोत्सव’को तयारी तीव्र, विद्यालय स्तरीय नृत्य प्रतियोगिता जारी

पोखरा महानगरपालिका–२९ भण्डारढिकमा आगामी चैत ३ देखि ११ गतेसम्म हुने खेल महोत्सव २०८० को तयारी तीव्र पारिएको छ ।

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र पारिएको नेपाल खेलकुद महासंघ गण्डकीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

पुनका अनुसार महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

फागुन २६ देखि नै विद्यालय स्तरीय नृत्य प्रतियोगिता सुरु भइसकेको छ । खेल महोत्सव चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयस्तरीय प्रतियोगिता निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन भएको हो ।

चैत ३ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय नृत्य प्रतियोगितामा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।

उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् । खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता मुख्य आकर्षण छन् ।

खेल महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने अध्यक्ष पुनले जानकारी दिए ।

१६ टिमको सहभागिता रहने फुटबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३, उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका अध्यक्ष पुनले बताए ।

खेल महोत्सवमा आयोजनामा गरिएको विद्यालयस्तरीय प्रतियो्गिता भने निर्धारित मिति भन्दा अगाडि नै आयोजना गर्न लागेको उनले बताए । जसमा कास्की जिल्लाका विद्यालयस्तरीय ५ किलोमिटर दौड, खुल्ला र ४५ वर्ष माथि भेट्रान ५ किलोमिटर दौड प्रतियोगिता फागुन १९ गते सञ्चालन हुने बताए । तीन विधाका विजेताले ७ , उपविजेताले ५ तेस्रो हुने प्रतियोगीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, खेल महोत्सवमा गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।

यस्तै, विभिन्न संघसंस्थास्तरीय झाँकी प्रर्दशनी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button