बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

चाडबाड लक्षित छुटको कार्यक्रम ल्याउन व्यवसायीसँग आग्रह

पोखरा ।

पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ( गुडविल) नगिराउन माग गरेका छन् ।

दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेध गर्न तथा संविधानको धारा २५ को १ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने,व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकको अधिकारलाई ख्याल गर्न पनि आग्रह गरिएको छ । लगानी गर्नु र लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री–वितरण गर्नु व्यवसायीहरुको अधिकार तथा कर्तव्य भएको जिकिर गर्दै दुवै संघले खरिद बिलमा उल्लेखित मूल्यमा कानूनसम्मत नाफा जोड्न पाउनु व्यवसायीको नैसर्गिक अधिकार भएको पनि स्मरण गराएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचि शोभा गौतम र लेखनाथकी महासचिव जानुका पराजुलीद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,‘चाडबाडको मुखमा गरिने बजार अनुगमन र त्यस उपक्रममा उद्योगी÷व्यवसायीमाथि हुने गरेको अनावश्यक दबाबप्रति भने हाम्रो गम्भीर आपत्ति रहेको छ । समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम संचालन नहुनु,दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार÷प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ ।’

देशले अंगिकार गरेको खुल्ला बजार अर्थतन्त्रले वस्तुको माग बढ्दा मूल्य बढ्ने र माग घट्दा मूल्य कम हुने अर्थशास्त्रीय मान्यता स्मरण गराउँदै अगाडि भनिएको छ,‘चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरुको बिक्री–बितरणको व्यवस्था मिलाउन, कानूनले तोकेभन्दा बढी मूल्य तथा म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त–दुरुस्त राख्नको लागि हामी सम्पूर्ण उद्योगी÷व्यवसायीसमक्ष हार्दिक अनुरोध पनि गर्दछौं ।’

Related Articles

Back to top button