गण्डकी सरकारलाई माओवादीको समर्थन फिर्ता, पाण्डे अल्पमतमा

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । यससँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका छन् ।

आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।

गण्डकीमा सरकार बनाउन सांसद संख्या ३१ चाहिने भएपनि एमाले र माओवादीका २९ सांसद छन् । सभामुखले राजीनामा दिए पनि ३० मात्र हुन्छ । त्यसैले गण्डकीमा एमाले-माओवादीकाे सरकार बन्न राप्रपा र समाजवादी निर्णायक देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button