व्रह्माकुमारी शिसुवा केन्द्रमा शिवध्वजारोहण

लेखनाथ, २३ फागुन । महाशिवरात्रीको पावन अवसरमा पोखरा महानगरपालिका वडा नं. ३० मा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र शिसुवामा शिवध्वजारोहण गरिएको छ ।

हरेक वर्ष शिवरात्रीको अवसर पारेर नयाँ झण्डा राखेर शिवको आरधना तथा शिवमहिमाका वारेमा धार्मीक प्रवचन दिने कार्यक्रम अन्तरगत शिसुवा केन्द्रमा शिवध्वजारोहण सहित स्नेह मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले धर्मको भावले गरिने जुनसुकै कामले पनि पुर्णता पाउने तर्क राख्दै धर्मले मानिसलाई अनुशासन र सतकर्म गर्ने वाटो तर्फ अग्रसर गराउने विचार राखेका थिए ।

सोही अवसरमा ब्रहमकुमार शैलेसराज बरालले वालबालिकाहरुलाई सानै उमेर देखि सकरात्मक कुराका बारेमा जानकारी गराउदै आध्यात्मीक ज्ञान र नैतिक शिक्षाका बारेमा वुझाउन सकियो भने देशले कहिल्यै पनि विखण्डन नआउनेमा जोड दिएका थिए ।

राजयोगीणि ब्रह्माचार्यणी राजयोग प्रशिक्षण केन्दकी निर्देशक प्रणिताको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,व्रहमाण समाज पोखरा ३० का अध्यक्ष वालकृष्ण सुवेदी र राजयोग प्रशिक्षण केन्द्र शिसुवाकी संचालक सविता लगाएतले धर्म विनाको संसार कल्पना समेत गर्न नसकिने बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button