पोखरा कप क्रिकेटः प्रतिभा र नेपाल भारतमैत्रीको जित

 

पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय र नेपाल
भारतमैत्री विद्यालय विजयी भएका छन् ।
पोखरा रंगशालको क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा
प्रतिभाले सगरमाथा माध्यमिक विद्यालय र नेपाल भारतमैत्रीले एसओएस हर्मन माइनर
विद्यालयलाई पराजित गरेको हो ।
पहिलो खेलमा प्रतिभाले दिएको १४७ रनको लक्ष्य पछ्याएको सगरमाथा निर्धारित २०
ओभरमा ७ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सफल भयो । सगरमाथाका
किर्बिन श्रेष्ठले सर्वाधिक ३७ रन जोडे । प्रतिभाका स्वागत अधिकारीले सर्वाधिक ४ विकेट
लिए ।
यसअघि पहिला ब्याटिब गरेको प्रतिभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै
१४६ रन बनाएको थियो ।
प्रतिभाका रोशन पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । रोहन ठकुरीले ३६ र कुशल
अधिकारीले १९ रनको योगदान दिएका थिए । स्वागत अधिकारी प्लेयर अफ द म्याच
चुनिए ।
आजै भएको दोस्रो खेलमा डिएलएस मेथर्डबाट नेपाल भारतमैत्रीले एसओएसलाई
३५ रनले पराजित गरेको हो ।
एसओएसले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपाल भारतमैत्रीले पानी पर्नुअघि
११ ओभर ३ बलमा १ विकेट गुमाएर ८२ रन बनाएको थियो ।
वर्षा नरोकिएपछि नेपाल भारतमैत्री डिएलए मेथर्डबाट ३५ रनले विजयी भएको
हो । नेपाल भारतमैत्रीका अंकित ठकुरीले सर्वाधिक ३३ रनको अविजित इनिब खेलेका
थिए ।
यसअघि एसओएस १८ ओभर ३ बलमा ९३ रनमा समेटिएको थियो । एसओएसका दिक्षित
रेग्मीले १६ र कपिल पौडेलले १५ रन बनाएका थिए । नेपाल भारत मैत्रीका विवेक
शाहले ३ र अलोक गुप्ताले २ विकेट लिए ।
नेपाल भारत मैत्रीका विवेक शाह प्लेयर अफ द म्याच घोषित भए ।

बि–बग इभेन्टको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिता फागुन १६
गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४०
हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेर्
छन् ।
उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट
बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ
पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने
आयोजकले विश्वास लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button