वडाध्यक्ष राजनले दिए विद्यार्थीलाई पोशाक

कास्कीको रूपा गाउँपालिका ७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही वडाका अध्यक्ष राजन सुवेदीले आइतबार पोशाक वितरण गरेका छन् । जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा, सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् ।

आफू भुईँ तहबाट संघर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडाध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए । सुवेदीले भने, ‘अभावको पीडा मलाई राम्रोसँग थाहा छ त्यसैले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्न म सधैँ तत्पर रहन्छु ।’

यसअघि उनले विश्वशान्ति मावि र चण्डी आविका विद्यार्थीलाई पोसाक वितरण गरेका थिए । कार्यक्रममा एमालेका युवा नेता तथा खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले रूपामा राजन जस्ता जनप्रतिनिधि सबै वडामा हुने हो भने रूपा साँच्चिकै रूपवान् बन्ने धारणा राखे ।

विद्यालयका शिक्षक राजेन्द्रराज भट्टराईले रूपा २ का वडाध्यक्षको काम अनुकरणीय भएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रमकमा सहायक प्रधानाध्यापक रामशरण न्यौपाने र समाजसेवी विश्व न्यौपानेले पनि बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button