पोखरामा एक भारतीयको फ्ल्याटमा सुन र नोटको थुप्रोः ६ किलो सुन, ७ किलो चाँदी, ६३ लाख नगद

पोखराबाट सम्भवतः सबैभन्दा ठूलो परिमाणमा सुनसहित कारोबारी पक्राउ गरिएको छ । पोखराकै पुरानो सुनचाँदी बजारका रुपमा चिनिने मोहरिया टोलमा अवैध सुन ल्याएर गरगहना बनाएर बेच्दै आएका एक भारतीयलाई कास्की प्रहरीले मंगलबार सबेरै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनले पोखरा वडा नं. २ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको ३ तले घर लामो समयदेखि भाडामा लिई गरगहना बनाउँदै आएका थिए ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार सुरजितले उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा मंगलबार बिहान करिब साढे ४ बजे नियन्त्रणमा लिइएको हो।

नोट गन्ती, सुनचाँदीको नापतौलका काम पूरा गरी मंगलबार राति पौने ९ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

भौमिकलाई बुधबार नै राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने तयारी भएको एसपी थापाले बताए । ‘भोलि राजश्व अनुसन्धान विभागमा पठाउँछौं, विभागले थप अनुसन्धान गर्ने छ,’ थापाले भने ‘सूचनाका आधारमा छापा मार्दा सुनैसुन र पैसा फेला प¥यो । नगद झोलामा राखिएको थियो ।’

पोखराकै सुन व्यवसायीले अवैध रुपमा पोखरा ल्याएको सुन भौमिकलाई गहना बनाउन दिइएको हुनसक्ने प्रहरीको अनुमान छ । भौमिक कालीगढ व्यवस्थान गरी सुनका गरगहना तयार गर्ने व्यक्ति मात्रै पनि हुनसक्ने आशंका गर्ने ठाउँ पनि छ । ७२ सालदेखिका चेक प्राप्त भएकाले यसबाट पहिल्यैदेखिको तथ्य खुल्ने प्रहरीको विश्वास छ ।

झण्डै पौने करोड नगद पनि झोलामा राखिएको अवस्थामा एकमुष्ठ भेटिएकाले यहाँबाट अवैध कारोबार लामो समयदेखि हुँदै आएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले यहाँका व्यवसायीमाथि पनि नजर राखेको छ ।

राजनीतिक तथा शक्तिकेन्द्रको हस्तक्षेप वा दबाब नभएमा भौमिकमाथिको सुक्ष्म अनुसन्धानबाट अवैध कारोबारको रहस्य पत्ता लाग्ने विश्वास लिन सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button