आस्था साकोसद्वारा विद्यार्थीलाई सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा ,१ बगरमा अवस्थित आस्था बचत तथा  ऋण सहकारी सस्था लिमिटेडद्वारा  पोखरा आदर्श सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षासम्बन्धी  कार्यक्रम मंगलबार सम्पन्न गरियो ।

आस्था साकोसका अध्यक्ष श्री कृष्ण प्रसाद आचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमूलक कार्यक्रममा व्यवस्थापन संकाय अन्तर्गत  कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा दिइएको थियो । माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख श्री नारायण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विज्ञ एवम् आस्था साकोसका प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा सहजकर्ता  श्री नारायण प्रसाद आचार्यले वर्तमान समयमा सहकारीको भूमिका र यसको आवश्यकताका बारेमा स्पष्ट पारेका थिए ।कार्यक्रममा ८० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।प्रमुख अतिथि श्री नारायण न्यौपानेले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा पनि सहकारीसम्बन्धी  विषयवस्तु  राखिएकाले  यस्तो कार्यक्रम थप प्रभावकारी भएको धारणा व्यक्त गरे भने उक्त औपचारिक कार्यक्रमको संचालन आस्था साकोसका सचिव एवम् सोही विद्यालयका सह -प्राचार्य श्री ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button