स्कुटर दुर्घटना हुँदा तनहुँका एक पुरुषको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा तनहुँका एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ११ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर पृथ्वी राजमार्गस्थित सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी २२ वर्षीया सूचना शर्मा र स्कुटरको पछाडि सवार उनका ६१ वर्षीय बुबा माधवप्रसाद शर्मा गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा माधवप्रसाद शर्माको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Back to top button