माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा युवक हत्या, प्रहरी द्धारा पाँच जना आरोपी सार्वजनीक

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरे गरेर सार्वजनीक गरेको छ । कुटपिट गरी गम्भीर घाइते भएका पौडेल घरनजिकैको बारीमा मृत भेटिएका थिए ।
घटनाको अनुसन्धानका क्रममा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुनलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख नबिन कार्कीले जानकारी दिए ।
उनीहरु सँगै बसरे रक्सी खाएका थिए । रक्सी खाने क्रममा विवाद भएपछि पौडेले दुई जनालाई हसियाले प्रहार गरेका थिए । सो क्रममा हँसियाले प्रहार गर्दा मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा चोट लागेको थियो ।
त्यस पछि उनी आआफ्नो घर गएका थिए । राति करिब १२ बजे आशिष गुरुङले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरेर बोलाएका थिए। त्यसपछि पाँचै जना मिलेर पौडेलको घरमा गई बाँसका भाटा, मुक्का तथा लात्तीले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिको एसपि कार्कीले बताए ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली खटिएको थियो। घटनास्थलबाट बाँसका दुईवटा भाटा, एउटा दाउरा, एउटा हँसिया, बियरको बोतलका टुक्रा र एउटा पानीको बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।



