लेकसाइड मदिरा व्यवसायी समितिको ५औँ वार्षिक साधारण सभा सम्पन्न

लेकसाइड मदिरा व्यवसायी समिति, बैदाम पोखरा–६ कास्कीको ५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा–६ लेकसाइडस्थित रोयल किचनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब निरीक्षक सूर्य बहादुर बोगटी, कर शिक्षा कार्यालयका प्रशिक्षक धमेन्द्र शाह तथा सचिन पौडेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने कम्प्युटर अपरेटर सुदीप गौतमको पनि उपस्थिति रहेको थियो । त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष दिनदयाल पाण्डे, निवर्तमान अध्यक्ष रोशन देवकोटा तथा कास्की खबरका सञ्चालक ऋषिराम दाहाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष धुर्वराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव बालहरी बरालले गरेका थिए । साधारण सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।

साथै मदिरा व्यवसाय सञ्चालनसँग सम्बन्धित अनुमति (पर्मिसन) प्रक्रिया, व्यवसायीहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल गरिएको थियो । यसै क्रममा मदिरा व्यवसायीहरूलाई कर तथा व्यवसाय व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षक धमेन्द्र शाह तथा सचिन पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा व्यवसायीहरूबीच एकता, सहकार्य र पारदर्शिता कायम गर्दै व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button