रक्तदान कार्यक्रम सम्पन्न, ६३ युनिट रगत संकलन

लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा १५औँ चार्टर डे को अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पोखरा महानगरपालिका–८, न्यूरोडमा आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष श्री रुद्रनाथ बरालज्यू रहनुभएको थियो भने विशिष्ट अतिथिमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक श्री सञ्जय सिंह थापाज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व लायन राजेश श्रेष्ठज्यूले गर्नुभएको थियो। कार्यक्रममा लायन आनन्द राना मगरज्यू (जोन चेयरपर्सन, पोखरा), श्री प्रसाद शिवाकोटीज्यू (गण्डकी प्रदेश प्रमुख, नेपाल बैंक लिमिटेड), श्री शोभाकान्त पौडेलज्यू (अध्यक्ष, पोखरेली ट्याक्सी सेवा प्रा.लि.), श्री देवीराम पाण्डेज्यू (उपाध्यक्ष, ए वान ग्रेटर नेपाल), लायन कमला क्षेत्रीज्यू (अध्यक्ष, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी), श्री दुर्गादत्त गौतमज्यू (अध्यक्ष, लेकसाइड मदिरा व्यवसाय समिति), वरिष्ठ पत्रकार श्री श्याम कुंवर, श्री महेन्द्र केसीज्यू (प्राविधिक प्रमुख, नेपाल रेडक्रस सोसाइटी कास्की, पोखरा प्रादेशिक रक्तसञ्चार सेवा) तथा कास्की खबरका सञ्चालक ऋषिराम दाहालज्यू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन दिनेश तुलाधरज्यूले गर्नुभएको थियो। उहाँले उपस्थित महानुभावहरूलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनुभयो। त्यसपछि क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक लायन बेदप्रसाद अधिकारीज्यूले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि श्री रुद्रनाथ बरालज्यूसहित अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै रक्तदान जस्तो मानवीय कार्यले समाजमा ठूलो योगदान पुर्याउने उल्लेख गर्नुभयो। कार्यक्रमको उद्घाटन प्रथम रक्तदाता पुर्व अध्यक्ष लायन पवित्रमणि पोखरेलज्यूले रक्तदान गरी गर्नुभएको थियो। कार्यक्रममा ६३ युनिट रगत संकलन भएको आयोजकले कास्की खबरलाई जानकारी गराएको छ।

Related Articles

Leave a Reply

Back to top button