पोखरामा जुवातास खेल्ने ११ जना पक्राउ

पोखरा महानगरपालिका–३२ धारीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ करिब ६ः१५ बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १२ हजार ६९५ रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका ११ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले जुवातास तथा सट्टेबाजी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

Related Articles

Back to top button