जबरजस्ती करणीको आरोपमा स्याङ्जामा २१ वर्षीय युवक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–४ निवासी २१ वर्षीय रोशन वि.क. लाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पीडित व्यक्ति घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा वि.क. विरुद्ध जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा उनलाई २०८३ साल साउन २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वि.क.लाई स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीले पीडितको पहिचान गोप्य राखिएको जनाएको छ।



